गोरुबथान: बाटो मरमत्ति हुन्छ होला?सबैतिर यसको पहल गरिदिया जावोस भनी बिन्तिपत्र चडाए पनि बाटो मरमत्तिको कुरो पुरा भएन।यस्ता थुप्रै भेकहरु छन जहाँ बाटोको जीणावस्थाको कथा ब्यथा रहिरहेको छ। अब त हुन्छ होला ,बनिन्छ होला जस्ता आशाहरु साँचेर बसेका छन् मानिसहरु तर गितखोला र वरपरका स्थानीय मानिसहरुले भने यो आशा छोडेर बाटो मरमत्तिको कार्यमा आफै अघि आएका छन्। गितखोला मुक्ति पुलदेखि सामाबियोङ “बायोअर्गेनिक” चियाबारीभित्र अवस्थित निम ग्राम पंचायत कार्यलयसम्मको गाडीको जीर्ण अवस्थामा रहेको सडकको मर्मती कार्य आगामी मंगलबार एक नोभेम्बर देखि गरिने भएको छ। स्थानीय पत्रकार तथा शिक्षक मोहन निरौलाले यसबारे जानकारी गराउँदै उक्त सडक मर्मती कार्यमा धेरै संख्यामा भुक्तिभोगी बाहन चालकवर्ग, मालिकवर्ग साथै समाजसेवी/सेविकावर्गको पनि सहभागिता रहने भएको छ। सडक कसैको व्याक्तिगत सम्पदा नभएको तथा सडकको अत्यन्त जीर्ण अवस्थाको कारण दैनिक रूपमा धेरै संख्यामा यात्रु वाहक वाहनहरू गितखोला मुक्ति पुलको टर्निङ्गमा फसिने गरेको भन्दै स्थानीयवासीको सहभागितामा सडक मर्मत सम्भार गर्न जरुरी रहेको बताउनुभयो।खराब सडकका कारण विगत लामो समयदेखि उक्त सडकमा वाहनहरूलाई धेरै समस्या भइरहेको छ। सडक मर्मत कार्य सम्पन्न गर्न उक्त तोकिएको मितिमा सबै स्थानियवासी, चालक तथा मलिकवर्गमा सहयोगको हात बडाइदिने मोहन निरौलाले अनुरोध गर्नुभएको छ। यसैगरी मर्मत कार्यमा असुविधा पर्ने भएकाले मर्मतको समयमा जतिसक्दो उक्त सडक प्रयोग नगरीदिन पनि निरौलाको तर्फबाट अनुरोध गरिएको छ। सडकलाई १ नोभेम्बर मंगलबार बिहान ९ बजेदेखि ३ नोभेम्बर साँझ ६ बजेसम्मका लागि बन्द गरिने पनि जनाइएको छ।










