अहमदाबाद: गुजरातको मोरबी जिल्लामा केवल पुल भत्किँदा भीषण दुर्घटना भएको छ। यहाँको मच्छु नदीमा निर्माण गरिएको केबल पुल ब्रिज भत्किँदा करिब १०० भन्दा बढी मानिसहरु नदीमा खसेको आशंका गरिएको छ। पुलमा करिब पाँच सय मानिसहरु रहेको अनुमान गरिएको छl संचारमाध्यमका समाचारअनुसार मच्छु नदीमा बनेको यो केबल पुल निकै पुरानो भएकाले हेरिटेज पुलमा परेको थियो। दीपावलीपछि गुजराती नयाँ वर्षमा मरम्मत गरेर पुनः खोलिएको थियो। घटनाको समयमा पुलमा धेरै श्रद्धालुहरु रहेको बताइएको छ। धेरै मानिसहरुलाई बाहिर निकालिएको समाचार छ। पुलिस प्रशासनलगायत विभिन्न सरकारी निकाय घटनास्थलमा पुगेको छ। अहिले त्यहाँ उद्धार कार्य जारी रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटना बारे जानकारी लिएको समाचार छl










