दार्जिलिङ: दार्जीलिङ जिमखाना क्लबको आगामी नोभेम्बर ४ नोभेम्बरको दिन चुनाव हुँदैछ। यो क्लब दार्जीलिङको मात्र नभएर पहाडको नै एउटा गरिमामय क्लब हो। यस्तो क्लब पहाडमा नै छैन। दार्जीलिङ गोर्खा हिल ब्याडमिन्टन एशोसिएसनले आयोजना गरेको दोस्रो जिल्ला ब्याडमिन्टन रयाङकिङ प्रतियोगिता खेलको आनन्द उठाउनु जीटीए प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए।

प्रतियोगिता जिमखाना क्लबको परिसरमा भईरहेको छ। यो खेल १३,१५ अनि १९ वर्ष पुगेका खेलाडीहरुलाई लिएर भइरहेको छ। खेल पश्चात अनित थापाले जिमखानाको चुनाव माथि सोधिएको प्रश्नमा भने, “यस क्लबको म पनि सदस्य हुँ। आगामी दिनमा हुने जिमखानाको चुनावमा राजनीति नपसेको नै राम्रो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका क्लबका सदस्यहरु जतिले पनि चुनावको निम्ति नोमिनेशन दर्ता गरेका छन्, उनीहरूलाई क्लबको गरिमा बचाउन, आफ्नो नोमिनेशन फिर्ता लिने अनुरोध गर्छु। स्वच्छ वातावरणमा गैर राजनैतिक नेतृत्वमा यो क्लब चलेर जावोस भन्ने मेरो सोच छ। अन्य राजनैतिक दलका नेताहरु अनि बीजीपिएमका क्लबका सदस्यहरुलाई अनुरोध गर्छु कि जिमखाना क्लब राजनीतिदेखि टाडो रहेको राम्रो।”

अङ्ग्रेजको समयमा स्थापना भएको जिमखाना क्लब निजी क्लब हो। २००७ सालको आन्दोलन पछि यसको अवस्था खस्कँदै गएको थियो। राजनीतिमा संलग्न व्यक्तिहरु पनि यस क्लबको सदस्य छन्। स्मरण रहोस गत जिमखाना क्लबको चुनावमा राजनैतिक चलखेलको कारण क्लब चर्चामा आएको थियो।











