तेस्रो राज्य ब्रडब्याण्ड समितिको बैठक

IMG_20220530_232200.jpg

गान्तोक। राज्यका मुख्य सचिव एस. सी. गुप्तको अध्यक्षतामा तेस्रो राज्य ब्रडब्याण्ड समिति (एसबीसी), सिक्किमको बैठक दूरसञ्चार विभाग, सिक्किमका डीडीजी एन मुरलीकृष्णद्वारा टाशीलिङ सचिवालयमा आयोजन गरियो। दूरसञ्चार विभाग, सिक्किमका निर्देशकले शुरुवातमा सबैलाई स्वागत जनाए।

आफ्नो सम्बोधनमा मुख्य सचिवले इन्टरनेटको गति र प्रयोगकर्ताको समुचित अनुभवका लागि 2जीको साटो ३जी र ४जीको महत्त्वबारे प्रकाश पारे। सबै दूरसञ्चार सेवा प्रदातालाई ३जी र ४जी प्रविधि कार्यान्वित गर्न आह्वान उनले गरे। यसका साथै सबैले राज्यको हितमा सञ्जालको गतिमा व्यापक सुधार ल्याउनुपर्ने आवश्यकतामाथि पनि उनले आग्रह गरे।

दूरसञ्चार विभाग, सिक्किमका डीडीजी तथा सिक्किम ब्रडब्याण्ड समितिका समन्वयक एन. मुरलीकृष्णले राज्य ब्रडब्याण्ड समितिको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्रिय ब्रडब्याण्ड अभियान अन्तर्गत सुपथ मूल्यमा तेज ब्रडब्याण्ड गतिका साथमा राज्यभरी दूरसञ्चार सञ्जालको फाइबरीकरण बढाउने कार्यक्रमबारे जानकारी दिए। यसका साथै यस दिशामा हालसम्मको प्रगतिबारे जानकारी दिँदै सिक्किम राज्यमा सञ्चार सुविधा सेवामा सुधारका लागि सुझाउहरू अघि सारे।

चर्चाको क्रममा सीओएआइले सबै नयाँ भवनको निर्माण गर्ने योजनामा फाइबर केबल पनि त्यसको एउटा अंश रहनुपर्ने आग्रह गरे। राज्यका मुख्य सचिवले शहरी विकास विभागका सचिवलाई यस सुझाउमाथि विचार गर्न निर्देश दिए।

बैठकमा ग्रामीण विकास विभागका सचिव एएस राव, शहरी विकास विभागका सचिव एमटी शेर्पा, बीआरओका योजना निर्देशक लेफ्टिनेन्ट कर्णल एमटी ढिल्लोन, विद्युत विभागका मुख्य अभियन्ता जिग्मी नामग्याल, गान्तोक नगरपालिका आयुक्त एचके छेत्रीले भाग लिए भने जिल्लापाल भिडियो कन्फरेन्समार्फत् सामेल भए।

दूरसञ्चार क्षेत्रबाट बीबीएनएलका सीजीएम एके सिन्हा, बीएसएनएलका जीएम एडविन्सन स्वर, सीओएआइ, डीआइपीएका वरिष्ठ अधिकारीगणका साथै रिलायन्स जियो, एयरटेल, भोडाफोन, पीजीसीआइएल र इण्डस टावरका प्रतिनिधिहरू पनि उपस्थित रहेको जानकारी पीआईबीले दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *