खरसाङ: ल्हाबब दुईछेनको पावन अवसरमा तीनधारेस्थित पद्मा छ्योलिङ तामङ गोन्पामा तीनदिने पूजाको आयोजना गरिने भएको छ। ल्हाबब दुईछेनको पावन अवसरमा गुरु मैत्री संघ तीनधारेद्वारा शुक्रबार ३० अक्टोबरदेखि आइतबार १ नोभेम्बरसम्म पद्मा छ्योलिङ तामाङ गोन्पा,तीनधारेको मिठाईडाँडामा तीनदिने पूजाको आयोजना गरिने भएको छ। पूजाको अन्तिम दिन अर्थात १ नोभेम्बरका दिन आमन्त्रित श्रद्धेय गुरु महामहिम खेन्ट्रुल चानलिङ रिन्पोर्छेको करकमलबाट वाङ अभिषेक प्रदान गरिने कार्यक्रम रहेको छ। यस पावन धार्मिक कार्यक्रममा सहभागी भई गुरुको आशिर्वाद ग्रहण गर्न गुरु मैत्री संघ तीनधारे तथा पद्मा छ्योलिङ तामाङ गोन्पाको तर्फबाट सम्पूर्ण श्रद्धालु भक्तजनमा आह्वान् गरिएको जानकारी म्हाणीपा संघ,तीनधारेका सदस्य दावा रिन्छेन तामाङले गरेका छन्।





