तीनधारेको नयाँ कमानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको प्रि क्वाटर फाइनलमा मकैबारी एफसी बिजयी

f6ad9047-9e5a-41d0-af58-e1f3d26a2f13

खरसाङ: तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको‌ आयोजनामा भईरहेको नगराशि फुटबल टुर्नामेन्ट अन्तर्गत बिहीबार भएको प्रि क्वाटरवफाइनलमा मकैबारी एफसी बिजय भएका छन्। बिहीबार भएको प्रि क्वाटर फाइनलको पहिलो खेल दार्जिलिङ बनाम प्लेन लाइन लङ्भ्यूमाझ हुने भए पनि दुवै दल ढिलो आएकोले यस खेल शुक्रबार ३० अक्टोबरमा हुन भएको छ। त्यसरी नै दोस्रो प्रि क्वाटर फाइनल खेल मकैबारी एफसी र एमएम तराईमाझ सम्पन्न भएको थियो। यस खेलमा मकैबारी एफसी २-० को अन्तरले विजयी भएर क्वाटर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा मकैबारी एफसीका खेलाडी याङ्तेन तामाङ म्यान अफ् द म्याच चयन भएका छन्। अब आगामी ३१ अक्टोबर शनिवार हुने पहिलो क्वाटर फाइनल खेल अजाद स्पोर्टिङ्ग सिलगढी र ताराबारी एफसीमाझ हुने भएको नयाँ कमान भेटरेन क्लबको तर्फबाट धिरेन प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी ११ नोभेम्बरमा हुने भएको छ। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफिसहित एक लाख र उप विजेतालाई ट्रफिसहित पचास हजार नगदराशि पनि प्रदान गरिने भएको जानकारी गराएका थिए।

About Author

Advertisement