खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल शुरु भएको छ। गत १ अक्टोबरदेखि शुरु भएको उक्त फुटबल टुर्नामेन्टको दोस्रो चरणको पहिलो दिनको खेल सम्पन्न भएको छ। आज भएको पहिलो खेल कफिबारी खरसाङ र मिक्स अप बोइस महानदीमाझ सम्पन्न भएको छ। उक्त खेलको शुरुमा नै कफिबारीले गोल गरेर बढत बनाएको थियो तर लगत्तै महानदीले पनि गोल गरेर खेल बराबरीमा ल्याएको थियो। पहिलो हाफमा १-१ गोलको बराबरीमा खेल सकिएको छ भने दोस्रो हाफको खेलमा महानदीले लगातार दुई गोल गरेका थिए भने कफिबारीले एक मात्र गर्न सफल भएपछि खेल निर्धारित समयावधिमा ३-२ मा समाप्त भएको छ। आज भएको दोस्रो खेल सिविटार चियाबारीको दश नम्बर र सिविटार चियाबारीकै बाह्र नम्बर गाउँमाझ भएको थियो। उक्त खेलमा १२ नम्बरले १० नम्बरलाई २-१ को अन्तरले पराजित गर्न सफल भएको छ। अाजको पहिलो खेलमा निर्णायकको रूपमा आशिष प्रधान अनि दोस्रो खेलमा मिलन राई थिए भने दुवै खेलमा सह निर्याणकको रूपमा सुमन प्रधान र विकास राई रहेका थिए। अब अर्को खेल आगामी ५ नोभेम्बरको दिन नसिब स्पोर्टिङ र बाघमारामाझ हुने भएको छ। यस विषयमा आयोजक समितिको पक्षबाट सन्दीप राईले जानकारी गराएका छन्।











