डीएम, बीडीओ उपस्थित
अलिपुरद्वार: डुअर्सको काल्चिनी ब्लकको सबैभन्दा ठूलो छठ घाट मध्ये एक, बसरा घाटमा आइतबार छठ पूजा भव्य रूपमा मनाइयो। बसरा छठघाटमा सूर्यदेवलाई अर्घ दिन डुअर्सका विभिन्न स्थानबाट भक्तजनहरु पुगेका छन्। बसरा छठ घाट काल्चिनी ब्लकको उत्कृष्ट छठ घाट मध्ये एक मानिन्छ। बसरा छठघाटमा हरेक वर्ष ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थी आउने गर्दछन्। छठघाटमा तीर्थयात्रीका लागि बसको व्यवस्था गरिएको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ दिईयो। आज, साधु अर्घको दिन, अलिपुरद्वार जिल्ला मजिस्ट्रेट सुरेन्द्र कुमार मीना, कल्चिनीका बीडीओ र अन्य गणमान्य व्यक्तिहरू बसरा छठ घाटमा उपस्थित थिए।











