गान्तोक। पश्चिम बंगालको हुगलीबाट उत्तर सिक्किम घुम्न आएका एक ७७ वर्षीय वृद्ध पर्यटकको मृत्यु भएको छ।
पुलिस अनुसार, प्रबीर दासको शव लाचुङको स्थानीय एउटामा होटलमा पाइयो। वृद्ध २८ मईका दिन आफ्नो परिवारसॅंग लाचुङ घुम्न आएका थिए। २९ मईका दिन वृद्धका परिवारहरू युमथाङ घुम्न गए। स्वास्थ्य सम्बन्धित समस्यका कारण वृद्ध र उनकी पत्नी होटलमै बसेका थिए।