सिलगढी नगरपालिका चुनावको पूर्वसन्ध्यामा प्रजातन्त्र रक्षाका लागि विपक्षी एकताको आह्वान

Screenshot_20261026_214133_Facebook

​सिलगढी: सिलगढीका पूर्वमेयर तथा तृणमूल कांग्रेस नेता गौतम देवले आगामी सिलीगुडी नगर निगम चुनावको परिप्रेक्ष्यमा प्रजातन्त्र र मताधिकारको रक्षाका लागि सम्पूर्ण विपक्षी दलहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
​पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता देवले मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर), इलेक्ट्रोनिक भोटिङ मेसिन (ईवीएम) को पारदर्शिता तथा मतगणना प्रक्रियासहित चुनावी प्रक्रियाका विभिन्न पक्षहरूमा गम्भीर चिन्ता व्यक्त गरे। उनले राजनीतिक दलहरूलाई विचारधारात्मक मतभेदभन्दा माथि उठेर नागरिकको लोकतान्त्रिक अधिकारको रक्षाका लागि एकजुट हुन आग्रह गरे।
​गौतम देवले विशेष गहन पुनरीक्षण प्रक्रियाका क्रममा पश्चिम बङ्गालको मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा नामहरू हटाइएको आरोप लगाए। साथै, ट्रिब्यूनलका निर्णयहरूको कार्यान्वयन र मतदाता सूची संशोधनका लागि अपनाइएका प्रक्रियाहरूबारे पनि उनले प्रश्न उठाए।
ईवीएमको पारदर्शिताप्रति आशङ्का व्यक्त गर्दै पूर्वमेयरले कोलकातामा ईवीएम जलाइएको कथित घटना तथा सिलीगुडीमा हुलाक मतदान (पोस्टल ब्यालेट) को बाकस तोडेर बढी मत भेटिएको दाबीको उल्लेख गरे। यी विषयमा लिखित उजुरीसमेत दर्ता गराइसकिएको उनले स्पष्ट पारे।
​मतदाताले कुनै पनि डर वा दबाबविना स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न पहल गरिने देवले बताए। उनले लोकतान्त्रिक अधिकारको संरक्षण र चुनावी प्रक्रियामा पूर्ण पारदर्शिता कायम राख्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिए।

About Author

Advertisement