एम्बाप्पेको उत्कृष्ट प्रदर्शनले एल क्लासिको-मा रियल म्याड्रिड विजयी

IMG-20261026-WA0053

बार्सिलोना: रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबलको बहुप्रतीक्षित एल क्लासिको म्याचमा बार्सिलोनाविरुद्ध जीतको साथ खिताबी होड़लाई रोचक बनायो। दुई चीरप्रतिद्वन्द्वी टोलीहरूबीच आइतवार राति खेलिएको हाई प्रोफाईल म्याचमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१-ले पराजित गऱ्यो। म्याचमा कीलियन एम्बाप्पेले २ गोल गरी रियल म्याड्रिडको जीत सुनिश्चित गरे। घरेलु मैदान नोउ क्याम्पमा यस हारको साथ बार्सिलोनाको ला लीगाको जारी सीजनमा जारी विजयाभियानमा पनि ब्रेक लाग्यो। रियल म्याड्रिडका प्रशिक्षक जोस मोरिन्होले यस जीतलाई टोलीको निम्ति मानसिक शान्ति दिलाउने बताए। आफ्नो घरेलु मैदानमा ६३ प्रतिशत बल पोजेशनको साथ खेल्दै बार्सिलोनाले अधिक मौकाहरू बनाए पनि गोलको मामिलामा रियल म्याड्रिड अघि रह्यो। म्याचको शुरुवाती मिनटहरूमा दुवै टोलीले गोलको मौकाहरू बनायो तर रियल म्याड्रिडको आक्रमण अधिक प्रभावी देखियो। म्याचको पहिलो गोल ४१औं मिनटमा आयो। देब्रे तर्फबाट भएको आक्रमणको अवधि बार्सिलोनाका डिफेण्डर जेरार्ड मार्टिनले गोलीलाई सही तरिकाले क्लीयर गर्न सकेनन्। यसको फाइदा उठाउँदै फ्रान्सीसी फरवर्ड एम्बाप्पेले गोलीलाई नेटमा हालेर रियल म्याड्रिडलाई बढ़त दिलाए। पहिलो हाफको खेलमा बार्सिलोनाले बराबरी हासिल गर्ने मौका पाएको थियो तर युवा फरवर्ड लामिन यमालले गोल गर्न सकेनन्। दोस्रो हाफको खेलमा बार्सिलोनाले आक्रामक शुरुवात गऱ्यो। यसै क्रममा पेड्रीको असाधारण रिभर्स पासमा राफिन्हाले पेनल्टी क्षेत्रको भित्रबाट गोल गरी ६१औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि बार्सिलोनाले लगातार दबाउ बनाउँदै केही मौकाहरूमा रियल म्याड्रिडका डिफेण्डरहरूका कड़ा परीक्षा लियो। म्याचमा बराबरी हासिल गरेपछि बार्सिलोना म्याचमा हावी हुन थालेको थियो तर रियल म्याड्रिडले पनि आफ्नो संयम कायम राख्यो। म्याच समाप्त हुन ३ मिनट अघि बार्सिलोनाका सब्स्टीट्यूड खेलाड़ी गेब्रिएल जीसस गोलीमाथि नियन्त्रण बनाउनदेखि चुके। म्याड्रिडले तुरन्तै जवाबी हमला गऱ्यो। अडुआर्डो कामाविंगाले तेजीको साथ अघि बढ़्दै एम्बाप्पेलाई पास गिए। एम्बाप्पेले पनि ८७औं मिनटमा सटीक फिनिशिंगको साथ गोलीलाई बार्सिलोनाको नेटमा हालेर रियल म्याड्रिडलाई यादगार जीत दिलाए। यो एम्बाप्पेको ला लीगाको जारी सीजनमा १० वटा म्याचमा ११औं गोल हो।
जीतपछि रियल म्याड्रिडका प्रशिक्षक मोरिन्होले भने, यस जीतले हामीलाई मानसिक शान्ति प्राप्त भयो अनि हामी यसको हकदार थियौं। उनले आफ्नो टोलीको प्रदर्शनलाई असाधारण बताउँदै भने, बार्सिलोनाको आक्रामक प्रेसिंग खेल अघि पनि हाम्रा खेलाड़ीहरूले पछिबाट गोली निकाल्ने साहस देखाए। म यस प्रदर्शनसँग खुशी छु। यसरी बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक टोलीको प्रदर्शनसँग सन्तुष्ट देखिएनन्। उनले भने, म यस प्रदर्शनसँग असन्तुष्ट छु। हामी आज सम्पूर्ण रूपले तरोताजा थिएनौं अनि त्यो तपाईंहरूले पनि देख्नु भयो। सीजनमा पहिलो हारको सम्मुखीन भए पनि बार्सिलोना १० वटा म्याचमा २७ अंकको साथ ला लीगा अंक तालिकाको शीर्ष स्थानमा कायम रह्यो। यसरी रियल म्याड्रिड २४ अंकको साथ तेस्रो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहने एट्लेटिको म्याड्रिडसँग २५ अंक रहेको छ। एल क्लासिकोको नतीजाले खिताबी होड़मा रियल म्याड्रिडको सम्भावनाहरूलाई मजबूती दिनेछ।

About Author

Advertisement