गुजरातमा यूनिफर्म सिभिल कोडलाई लिएर मुख्यमन्त्री अरविन्द केजरीवालले दिए ठूलो बयान

00-Arvind-Kejriwal-CM-Delhi

नयाँ दिल्ली: गुजरात विधानसभा चुनाव नजिकिँदै गर्दा राजनीतिक बयानबाजी तीव्र हुँदैछ। भाजपा र कांग्रेस बाहेक यस पटक राज्यमा आम आदमी पार्टी (आप) पनि निकै सक्रिय छ। सबै दल चुनावी प्रचारमा व्यस्त छन्। दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले गुजरातमा यूनिफर्म सिभिल कोडको सवालमा विशेष बयान दिएका छन्। गुजरातको भावनगरमा पत्रकार सम्मेलनको क्रममा अरविन्द केजरीवाललाई सोधियो कि गुजरात सरकारले यूनिफर्म सिभिल कोडको प्रस्तावका लागि एक समिति पनि गठन गरेको छ।

यस प्रश्नको जवाफमा अरविन्द केजरीवालले भने, ‘उनीहरुको नियत ठीक छैनl’ ‘संविधानको धारा ४४ मा सपष्ट लेखिएको छ कि यूनिफर्म सिभिल कोड लागू गर्नु सरकारको जिम्मेदारी हो, तब सरकारले यूनिफर्म सिभिल कोड बनाउनुपर्छl यसलाई यस्तो बनाउनुपर्छ, सबै समुदायको सहमति भएको हुनुपर्छ। सबै समुदायलाई साथमा लिएर युनिफर्म सिभिल कोड बनाउनुपर्छl’ उनले उत्तराखण्डको चुनावअघि भाजपाले समिति बनाएको उनले आरोप लगाए। ‘उत्तराखण्डको चुनाव जितेपछि अब त्यो समिति आफ्नै घरमा गयो। अब गुजरात चुनावको ३ दिन अगाडि एउटा समिति बनाइयो, अब यो पनि चुनावपछि आफ्नो घरमा जानेछ। मध्य प्रदेशमा किन नबनाउने, उत्तर प्रदेशमा किन नबनाउने?’, उनले प्रश्न गरेl  

केजरीवालले अझ भने, ‘यदि उनीहरुको नियत युनिफर्म सिभिल कोड लागू गर्ने हो भने देशमा किन बनाउँदैनन्? देशमा लागू गरोस्। के उनीहरु लोकसभा चुनावको प्रतीक्षा गरिरहेका छन्? पहिला तपाइँ गएर उनीहरुलाई सोध्नुहोस् के तपाईलाई केजरीवालले युनिफर्म सिभिल कोड लागू नगर्नु भनेको छ, उनीहरुको नियत खराब छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement