रेशीथाङमा सम्पन्न भयो १४औं एथलिट मीट

photocollage_2022530232346910.jpg

गान्तोक। सिक्किम अमेच्युर एथलेटिक्स एसोसिएसनको पहलमा आयोजना भइरहेको तीन दिवसीय १४औं स्टेट ओपन मेन एण्ड वुमेन् जुनियर बोयज-गलर्स मिट २०२२ खेलगाउँस्थित रेशीथाङमा सम्पन्न भयो। उक्त अवसरमा पीएचइ विभाग मन्त्री भीम हाङ लिम्बू मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा यातायात विभागका अध्यक्ष बसन्त कुमार तामाङ रहेका थिए। यस प्रतियोगिता अन्तर्गत विभिन्न प्रकारको गतिविधि आयोजना गरिएको थियो,जसमा महिला र पुरूष दुवैवर्गले सहभागिता जनाएका थिए। उक्त अवसरमा सबै भन्दा सानो ११ वर्षीय बिक्रम राजले पनि सहभागिता जनाएका थिए।उनलाई अझ प्रोत्साहित गर्नको निम्ति आयोजक समितिको तर्फबाट सम्मान पनि जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement