मेदवेदेव र सितसिपास अल्माटी ओपनको सेमिफाइनलमा

IMG-20261024-WA0053

अल्माटी(कजाकिस्तान): अल्माटी ओपन २०२६-मा रुसका स्टार टेनिस खेलाड़ी दानिल मेदवेदेवले आफ्नो खिताब बचाउने अभियानलाई अघि बढ़ाउँँदै सेमिफाइनलमा प्रवेश गरे। एटीपी २५० स्तरको यस टुर्नामेण्टको क्वार्टर फाइनलमा मेदवेदेवले फ्रान्सका टेरेन्स एटमानेलाई सीधा सेटमा ६-४, ६-४-ले पराजित गरे। मेदवेदेवले पूरा म्याचमा असाधारण सर्विस र शक्तिशाली शट्हरूको प्रदर्शन गरे। उनले म्याचमा आफ्नो पहिलो सर्विसमा असाधारण प्रदर्शन गर्दै ३४-मा ३१ अंक जिते। यसरी पहिलो सर्विसमा उनको अंक जित्ने प्रतिशत ९१ रह्यो। उनले एटमानेको सर्विस २ पल्ट तोड़े अनि आफ्नो सर्विसमा १ गेम पनि गुमाएनन्। मेदवेदेवले म्याचमा २४ वटा विनर्स लगाए जबकि उनका प्रतिद्वन्द्वीले केवल १४ वटा विनर्स लगाउन सके। जीतपछि मेदवेदेवले टेरेन्सविरुद्ध म्याच सजिलो नभएको बताए। उनले भने, म्याच जितेर खुशी छु। टेरेन्सले आज असल प्रदर्शन गरे। उनको सर्विस तेज थियो। यसैकारण म्याचमा कायम रहन मैले असल पासिंग शट्स र विनर्स लगाउनमा ध्यान दिनु पऱ्यो। यस सन्तुलित खेलको साथ अन्तमा म्याच जित्न सफल भए। ग्रीसका स्टार खेलाड़ी स्टेफानोस सितसिपासले पनि सेमिफाइनलमा प्रवेश गरे। उनले क्वार्टर फाइनलमा अष्ट्रेलियाका जेम्स डकवर्थविरुद्ध ६-३, ६-४-ले जीत हासिल गरे। सितसिपास यस सीजनमा आफ्नो दोस्रो एटीपी खिताब जित्ने लक्ष्य लिएर खेलिरहेका छन्। यसरी हार्ड कोर्टमा उनी फरवरी २०२५ पछि आफ्नो पहिलो सेमिफाइनल खेल्ने तयारी छन्। सेमिफाइनलमा सितसिपासको भिड़न्त जर्जियाका क्वालीफायर निकोलोज बासिलाशविलीसँग हुनेछ। बासिलाशविलीले क्वार्टर फाइनलमा एड्रियन मनारिनोलाई ६-३, ६-१-ले पराजित गरे। यसरी मेदवेदेवको निम्तकि हार्ड कोर्टमा यो सीजन यादगार रहेको छ। उनले ब्रिसबेन, दुबई र हांगझोऊमा खिताब जितिसकेका छन् अनि अहिले उनको सीजनको चौथो खिताब जित्ने लक्ष्य रहेको छ। अल्माटी ओपनको सेमिफाइनलमा उनको भिड़न्त तेस्रो वरीयता प्राप्त अलेक्जेण्डर बुब्लिक र पाँचौं वरीयता प्राप्त कारेन खाचानोवबीच खेलिने म्याचको विजेतासँग हुनेछ। अल्माटीमा जीतको साथ मेदवेदेवको सालको अन्तमा हुने एटीपी फाइनल्समा क्वालीफाई गर्ने सम्भावना पनि मजबूत बनेको छ।

About Author

Advertisement