मेस्सीलाई स्पेनमा प्रिन्सेस अफ अष्ट्रेरियस सम्मान

IMG-20261024-WA0038

ओवेएदो(स्पेन): अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीलाई स्पेनमा भव्य स्वागत जनाइयो। ओवेएदोमा २०२२ विश्व कप विजेता कप्तानको एक झलक पाउन हजारौंको संख्यामा प्रशंसकहरू भेला भएका थिए, जहाँ उनलाई प्रिन्सेस अफ अष्ट्रेरियस अवार्डले सम्मानित गरियो। स्थानीय मीडिया रिपोर्टहरू अनुसार, मेस्सी आफ्नी पत्नी एण्टोनेला रोकुलोसँग आएका थिए। उनले होटल बाहिर प्रशंसकहरूसँग बातचीत गरे अनि अटोग्राफ पनि दिए। यो सम्मान खेलका दिग्गजहरूलाई उनीहरूका असाधारण करियर अनि आफ्नो खेलदेखि बाहिर गरेको योगदानहरूका निम्ति दिइन्छ। अर्जेण्टिनाका स्टार फूटबलर मेस्सीले हालै अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरेका थिए। मेस्सीको आफ्नो कप्तानीमा अर्जेण्टिनालाई २०२२ फिफा विश्व कपको खिताब दिलाएका थिए। यस साल पनि अर्जेण्टिनाले मेस्सीकै कप्तानीमा विश्व कपको फाइनलमा स्थान बनाएको थियो, जहाँ टोलीले स्पेनविरुद्ध हारको सामना गर्नु परेको थियो। अर्जेण्टिनाले मेस्सीकै कप्तानीमा दुईपल्ट कोपा अमेरिकाको खिताब पनि जितेको थियो। मेस्सीले आफ्नो यादगार करियरमा अर्जेण्टिनाको निम्ति २०८ वटा म्याच खेलेर १२६ गोल गरे। उनको नाममा ६८ वटा असिस्ट पनि रहेको छ। उनी अर्जेण्टिनाई फूटबल इतिहासमा सर्वाधिक म्याच खेल्ने अनि सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्। दुई दशकभन्दा लामो यात्रामा उनले राष्ट्रिय टोलीलाई ४ वटा प्रमुख अन्तर्राष्ट्रिय खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसमा २०२१ र २०२४-को कोपा अमेरिका, २०२२-को फाइनलिसिमा र सबैभन्दा ठूलो २०२२ फिफा विश्व कप खिताब सामेल छ। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिए पनि मेस्सी इण्टर मियामीसँग क्लब फूटबलमा सक्रिय छन्, जहाँ उनको २०२८-सम्मको अनुबन्ध रहेको छ। अर्जेण्टिना राष्ट्रिय टोलीबाट बिदा लिनको साथै उनको जीवनको एउटा असाधारण अध्याय पनि समाप्त भयो, जसको शुरुवात २००५-मा भएको थियो।

About Author

Advertisement