गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) केरलाका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। केरलास्थित लोक भवनमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री गोलेको उपस्थिति रहेको थियो।

समारोहपश्चात् सामाजिक सञ्जालमार्फत बधाई दिँदै मुख्यमन्त्री गोलेले उच्च संवैधानिक पद सम्हालेकोमा माथुरलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। माथुरको लामो अनुभव, विशिष्ट जनसेवा र राष्ट्रप्रतिको समर्पणले केरलाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरे।
मुख्यमन्त्री गोलेले नवनियुक्त राज्यपाल माथुरको कार्यकाल सफल र फलदायी रहोस् भन्ने कामनासमेत गरेका छन्।





