मेलबर्न: क्रिकेट अष्ट्रेलियाले बिहीवार महिला क्रिकेट टोलीकी पेस बलर मेगन शट्लाई डाक्टरहरूद्वारा स्वीकृत (प्रिस्क्रिप्शन) दवाईहरूको प्रयोगसँग सम्बन्धित नियमहरू पालन नगरेको मामिलामा २ वटा म्याचको निम्ति प्रतिबन्धित गरिएको जानकारी दियो। क्रिकेट अष्ट्रेलिया (सीए)-ले बताएअनुसार, यी २ वटा म्याचको प्रतिबन्धमा सबै अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट म्याच सामेल छ। यसले गर्दा यस पेस बलरले बिहीवार नर्थ सिडनी ओवलमा न्यूजील्याण्डविरुद्ध खेलिने तेस्रो तथा अन्तिम टी२० अन्तर्राष्ट्रिय म्याचमा हिस्सा लिन सकिनन्। यसको साथमा मेगनले ३१ अक्टोबरमा मेलबर्न स्टार्सविरुद्ध वेबर डब्ल्यूबीबीएल १२-मा एडिलेड स्ट्राइकर्सको तर्फबाट पहिलो म्याचमा पनि हिस्सा लिन सक्नेछैनन्। सीए-ले आफ्नो बयानमा स्पोर्टस साइन्स र स्पोर्टस मेडिसिन दिशानिर्देशहरूअन्तर्गत प्रिस्क्रिप्शन दवाईहरूसँग सम्बन्धित नियमहरूको पालन नगरिएको यो कार्वाही गरिएको जानकारी दिएको छ। यसको साथमा सीए-ले यो घटना प्रतियोगितादेखि बाहिर भएको अनि यसको उद्देश्य प्रदर्शनमा असल बनाउनु नरहेको जानकारी दिएको छ। यस ३३ वर्षीय पेस बलरले पनि आफ्नो गल्ती मानेर शास्ती स्वीकार गरेकी छन्। शट्ले आफ्नो बयानमा भनेकी छन्, म दिइएको शास्तीलाई सम्पूर्ण रूपले स्वीकार गर्छु अनि मसँग जुन मानक अपेक्षित थियो, त्यसलाई पूरा गर्न नसकेकोमा माफी माग्छु। यस घटनालाई लिएर मलाई खेद छ अनि प्राप्त भएको समर्थनको निम्ति म आभारी छु। यो घटना प्रतियोगितादेखि बाहिर भएको हुनाले यसको प्रदर्शनसँग कुनै लेनदेन थिएन तर स्पोर्टस साइन्स र स्पोर्टस मेडिसिन दिशानिर्देशहरूलाई पालन गर्नु मेरो जिम्मेवारी हो। खेलाड़ीहरूलाई यी दिशानिर्देशहरूबारे नियमित रूपमा जानकारी दिइन्छ अनि मैले त्यसलाई पालन गर्नु पर्ने थियो। यसरी सीए-ले उनीहरू मेगन शट्लाई उचित समर्थन दिन जारी राख्ने अनि खेलको प्रतिनिधित्व गर्ने सबै खेलाड़ीहरूबाट अपेक्षित मानकहरू अनि जिम्मेवारीहरूलाई अझ मजबूत गर्ने जानकारी दिएको छ। उल्लेखनीय छ, शट्ले हालै बंग्लादेशविरुद्ध वनडे सीरीजमा असाधारण प्रदर्शन गर्दै ७.१-को औसतले १० विकेट लिएकी थिइन्। उनलाई प्लेयर अफ द सीरीज चयन गरिएको थियो।





