गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश कमिटीले विजयादशमी तथा बडादसैँको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।बडादसैँको शुभकामना सन्देश जारी गर्दै पार्टीले दसैँ पर्वलाई असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको महान् प्रतीकका रूपमा स्मरण गरेको छ। दसैँले सम्पूर्ण राज्यवासीको जीवनमा सकारात्मक ऊर्जा, उत्साह र सफलता सञ्चार गर्ने विश्वास भाजपा सिक्किमले व्यक्त गरेको छ।शुभकामना सन्देशमा भनिएको छ, “यस पावन पर्वले हाम्रो समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक परम्पराप्रतिको सम्मानलाई अझ सुदृढ बनाउँदै सिक्किमको शान्ति, प्रगति र समृद्धिको यात्रालाई नयाँ ऊर्जा प्रदान गरोस्।” पार्टीले माता दुर्गा भवानीको अपार आशीर्वादले राज्यका प्रत्येक परिवारमा सुख, सुस्वास्थ्य, दीर्घायु र खुशियाली छाओस् भन्ने कामना पनि गरेको छ। दसैँको रातो टीका, जमरा र अग्रजहरूको आशीर्वादले सबैको जीवनमा नयाँ आशा र सफलताको सञ्चार गराउने शुभकामना सन्देशमा उल्लेख छ।





