बडादसैँ (दुर्गापूजा) को शुभ अवसरमा मुख्यमन्त्रीको शुभकामना सन्देश

IMG-20250517-WA0258

गान्ताेक: ​पावन पर्व बडादसैँ (दुर्गापूजा) को सुखद् अवसरमा म सिक्किमका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
​यो पवित्र पर्वले हामीलाई एकता, भ्रातृत्व र आपसी सम्मानको मूल्य-मान्यताको स्मरण गराउँछ। यसले सिक्किम र हाम्रा राष्ट्रको शान्ति, प्रगति एवं समृद्धिका लागि सामूहिक प्रतिबद्धतालाई पुनः नवीकरण गर्न हामीलाई प्रेरणा प्रदान गर्दछ।
​आउनुहोस्, हामी सबै मिलेर सम्मान, समानता र न्यायमा आधारित समाज निर्माण गर्ने आफ्नो सङ्कल्पलाई पुनः सुदृढ गरौँ, जहाँ प्रत्येक व्यक्तिको आदर होस् र महिलाहरूलाई जीवनका हरेक क्षेत्रमा समान रूपमा सहभागी हुने अधिकार र सशक्तीकरण प्राप्त होस्।
​नवदुर्गा भवानीको दिव्य आशीर्वादले प्रत्येक घरपरिवारमा शान्ति, सुख, समृद्धि र सुस्वास्थ्य छाओस्। बडादसैँको यस अवसरमा हामी आफ्ना आपसी सम्बन्ध र बन्धनलाई अझ मजबुत बनाउँदै एक उज्ज्वल एवं सौहार्दपूर्ण भविष्यतर्फ आशा र दृढताका साथ अघि बढौँ।
​सबैमा बडादसैँ (दुर्गापूजा) को पुन: हार्दिक शुभकामना।

About Author

Advertisement