पश्चिम बंगाल तृणमूल कांग्रेस नमशुद्र र शरणार्थी सेल जिल्ला प्रतिनिधि सम्मेलन आयोजित

IMG_20221030_142622.jpg

सिलगढी: पश्चिम बंगाल तृणमूल कांग्रेस नमशुद्र र शरणार्थी सेलको पहिलो दार्जिलिङ जिल्ला प्रतिनिधि सम्मेलन आइतवार कञ्चनजङ्घा स्टेडियमको सभागारमा आयोजित भयो। सम्मेलनमा नमशुद्र तथा शरणार्थी सेलका प्रदेश अध्यक्ष रञ्जित सरकार, जिल्ला अध्यक्ष शिव हाजरालगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा तृणमूल कांग्रेसका दार्जिलिङ जिल्ला (समताल) अध्यक्ष पपिया घोष, अध्यक्ष आलोक चक्रवर्ती पनि उपस्थित थिए। कार्यक्रममा सिलगढी नगर निगमका मेयर गौतम देव र उपमेयर रञ्जन सरकारलगायत शीर्ष तृणमूल नेताहरू पनि उपस्थित थिए। सम्मेलनमा संस्थाका विभिन्न गतिविधि र भावी योजनाका बारेमा विस्तृत छलफल भएको थियो।

About Author

Advertisement