तीन दिवसीय टेबल टेनिस प्रतियोगिताको समापन

IMG-20220530-WA0190.jpg

गान्तोक। सिक्किम टेबल टेनिस एसोसिएशनको पहलमा आयोजित २४औं स्टेट टेबल टेनिस प्रतियोगिताको हिजो समापन भयो। गत २७-२९ मईसम्म राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा आयोजित यस प्रतियोगिताको समापन कार्यक्रममा राज्यका खेलकूद एवम युवा मामिला विभाग मन्त्री कुङगा निमा लेप्चा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सर्वप्रथम यस प्रतियोगितामा सहभागी जनाउने सम्पूर्ण खेलाडीहरूलाई बधाइ दिदै निकट भविष्यमा सम्पन्न हुने खेलको निम्ति तयारी गर्नु पर्ने खेलाडीहरूलाई आग्रह गरे। मन्त्रीले राज्यका खेलाडीहरूलाई राष्ट्रीय र अन्तराष्ट्रीयस्तरमा आयोजना हुने प्रतियोगिताको निम्ति आफूलाई तयारी गर्नु पर्ने अपील गरे। वर्तमान सरकारले खेलकूदको क्षेत्रलाई विकस गर्नको साथै खेलाडीहरूलाई प्रोत्साहित गर्न विभिन्न प्रकारको योजना तयार गरेको बताए। यस प्रकारको प्रतियोगिता आयोजना गरेकोमा मन्त्री लेप्चाले आयोजक समितिलाई बधाई दिँदै सराहना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement