मिरिक: मिरिक कराँते डाे एशाेसिएशनकाे आयाेजनामा आइतबार मिरिक रङ्गशाला भवनमा बार्षिक ब्लेड परीक्षा सम्पन्न भयाे।यस अवसरमा सेल्फ डिफेन्स सितिरियाे कराँते डाे अर्गनाइजेसन अफ इण्डियाकाे अध्यक्ष कुलेरी राई अनि मूल सचिव राम कुमार तामाङले मिरिक कराँते डाे एशाेसिएशनका ७५ जना प्रशिक्षणार्थीहरूकाे परीक्षा लिए। यस अवसरमा बाेल्दै मिरिक कराँते डाे एशाेसिएशनका मूल सचिव सियनसी कैलास थापाले एशाेसिएशनले २०१४ सालमा एशाेसिएशन स्थपना गरेर नानीहरूलाई कराँते खेलकाे प्रशिक्षण प्रदान गर्ने कार्य आज पर्यान्त गरिरहेकाे जानकारी गराँउदै आइतबार परिक्षामा बस्ने नानीहरूकाे बेल्ड परिवर्तन हुनेछ भने। तिनले वर्तमानमा आफ्नाे सुरक्षा साथै शरीर चुस्त राख्न कराँते खेल अति लाभदायक रहेकाे अनि हाल एशाेसिएशनका खेलाडीहरूले धेरै प्रतियोगिताहरूमा सहभागीता जनाएर राम्राे प्रदर्शन पनि गरिसकेकाे छ भने। तिनले हाम्राे क्षेत्रमा धेरै प्रतिभावान खेलाडीहरू रहेकाे जसलाई प्राेत्सहान साथै सहयाेग गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनले गरिदिए अति उत्तम हुने जानकारी गराँउदै आइतबार सम्पन्न बेल्ड परिक्षामा सहयाेग गरिदिएकाे कार्यकारी सभासद अरूण सिग्ची अनि सभासद मिलेस राईप्रति आभार प्रकट गरे।










