३० अक्टोबरः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर सिटीले रोमाञ्चक जीत हासिल गऱ्यो भने चेल्सी चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले लिस्टर सिटीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अनुभवी केविन डी ब्रूएनले ४९औं मिनटमा छिराए। यस जीतको साथै सिटीले १२ वटा म्याचमा २९ पोइण्टको साथ आर्सनल (११ वटा म्याचमा २८ पोइण्ट)-लाई पछि छोड़ेर प्रीमियर लीग टेबलमा शीर्ष स्थान हासिल गऱ्यो। यसबीच चेल्सी चाहिँ ब्राइटन विरुद्ध १-४-ले हारको सम्मुखीन भयो। चेल्सीलाई म्याचमा दुईवटा आत्मघाती गोलले डुबायो। यस हारपछि चेल्सी १२ वटा म्याचमा २१ पोइण्टको साथ पाँचौं स्थानमा कायम रह्यो।

यसरी नै आठौं स्थानमा रहने ब्राइटनसँग १८ पोइण्ट रहेको छ। टोटनह्याम हट्स्परले पनि बोर्नमाउथ विरुद्ध ३-२-ले जीत हासिल गर्न निक्कै परिश्रम गर्नु पऱ्यो। म्याचमा एक समय त बोर्नमाउथ २-०-ले अघि रहेको थियो तर टोटनह्यामले पनि दोस्रो हाफमा असाधारण फूटबल खेल्दै रोमाञ्चक जीत हासिल गऱ्यो। टीमलाई म्याचको निर्णायक गोल रोड्रिगो बेण्टान्कुरले स्टपेज टाइमको दोस्रो मिनटमा दिलाए। यस जीतपछि टोटनह्याम १३ वटा म्याचमा २६ पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। चेल्सी झैं लिभरपूल पनि लीड्स युनाइटेड विरुद्ध १-२-ले उलटफेरको शिकार बन्यो। लिभरपूल अहिले १३ वटा म्याचमा १६ पोइण्टको साथ नवौं स्थानमा रहेको छ। फूलह्याम र एभर्टनबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसरी नै क्रिस्टल प्यालेसले साउथम्प्टनलाई १-०–ले पराजित गऱ्यो।










