३० अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। म्याचमा यूआरएससी (नीलो जर्सीमा)-ले दार्जीलिङ फूटबल एकाडमीलाई ३-०-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। विजेता टीमबाट निकिता राईले २ अनि सायुक्ता मुखियाले १ गोल गरिन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।









