मुख्यमन्त्रीका प्रधान सचिवद्वारा राज्यपाललाई ‘राज्य भोज’ को आधिकारिक निमन्त्रण पत्र हस्तान्तरण

FB_IMG_1792170323325

​गान्तोक: सिक्किमका मुख्यमन्त्रीका प्रधान सचिव रिग्जिङ छेवाङ भोटियाले शुक्रवार लोकभवन पुगेर राज्यका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेटघाट गरेका छन्।
​यस भेटघाटका क्रममा प्रधान सचिव भोटियाले राज्य सरकारको तर्फबाट राज्यपालको सम्मानमा शनिवार साँझ आयोजना गरिन लागिएको विशेष राज्य भोज (स्टेट ब्याङ्क्वेट) को आधिकारिक निमन्त्रण-पत्र हस्तान्तरण गरे।
​राज्यपाल ओम प्रकाश माथुरले निमन्त्रणका लागि राज्य सरकारप्रति आभार प्रकट गर्दै आमन्त्रणलाई सहर्ष स्वीकार गरेका छन्।

About Author

Advertisement