गातोक। पोकलोक कामाराङमा एसडीएफ पार्टी कार्यकर्ताहरूमाथि प्राणघातक आक्रमण गरेर एसकेएम पार्टीले आफ्नो असामाजिक, अप्राजातान्त्रिक अनि असभ्य चरित्र फेरि दोहोर्याएको आरोप विपक्षी एसडीएफ पार्टीले लगाएको छ। गत २७ मईको दिन भएको तोडफोडपछि लगत्तै आज यसरी एसडीएफ पार्टी कार्यकर्तामाथि प्राणघातक आक्रमण गरेर एसकेएमले सिक्किमको प्रशासनमाथि ठूलो प्रश्न उठाएको उल्लेख आज जारी एक प्रेस बयानमा गरेको छ। यसरी दिनदिनै विपक्षी पार्टीका कार्यकर्ताहरूमाथि प्राण घातक आक्रण भइरहनु र एसकेएमका हुल-दंगाबाजी बड़्दै जानुमा सिक्किमका प्रशासनको कमजोरी भन्दा पनि एसकेएम सरकारको कमजोरी बड़ी स्पष्ट भएर आएको भनाइ छ। एसकेएम सरकार गठन भएकै दिनदेखि सिक्किममा महिलाहरूमाथि भौतिक आक्रमण हुनेक्रम बड़ेर गएको छ भन्दै जनताको ज्यानमालको कुनै सुरक्षा नभएको उल्लेख जारी प्रेस बयानमा गरेको छ। आज पोकलोक कामराङमा एउटा मरौ परेको घरमा समवेदना व्यक्त गर्न गइरहेका क्याडरहरूमाथि एसकेएमका कार्यकर्ताहरूले लुकेर अनि ढुकेर ढुङ्गा हानी ज्यान लिने कोशिस गरेकोआरोप छ। राज्यमा चारैतिर हिंसा र असुरक्षाको परिवेश सृजना भएको छ भन्दै प्रशासनले उचित कार्वाही गर्न भने नसकिरहेको ठहर गरेको छ। मुख्यमन्त्रीको आफ्नै क्षेत्र पोकलोक कामराङमा जनताको घर, वाहन तथा ज्यानमालको कुनै सुरक्षा छैन भने सिक्किमको अन्य ठाउँमा जनसुरक्षाको आवस्था कस्तो छ भन्ने विषय एउटा गम्भीर विषय बनेको जनाएको छ। राज्यमा महिला, विद्यार्थी, मजदूर तथा आम जनताको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो तर अहिले सरकार किन मौन छ? सरकारले निर्वाह गर्नु पर्ने प्राथमिक स्तरको जिम्मेवारी पनि एसकेएम सरकारलाई थाहा नभएको हुनाले एसकेएमले सरकारमा रहिरहने नैतिक अधिकार गुमाइसकेको दाबी गरेको छ। प्रेस बयानमा भनेअनुसार राज्यमा हत्या, हिंसा तथा असुरक्षाको परिवेश निर्माण गर्ने आतताहीहरूमाथि कड़ा कार्वाहीको माग गर्दै एसकेएम पार्टीको नीच अनि प्रजातन्त्रविरोधी कुकृत्यको एसडीएफ पार्टी घोर भर्त्सना गर्दछ। एसडीएफ पार्टी बाटो ढुकुवा र लुकुवा लठैतहरूसँग डराउने पार्टी होइन भनी चेताउनी पनि एसडीएफको तर्फबाट प्रेस बयानमा दिएको छ।