गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई छठ पुजाको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, छठ पूजा नदी, पोखरी र पानीका अन्य स्रोतहरूको पूजा गरी सूर्य देउतालाई श्रद्धा एवं कृतज्ञता व्यक्त गर्ने अवसर हो। यस विशेष दिनमा छठ मैयाले सबैमा सुख, समृद्धि र जीवन शक्ति प्रदान गरून्। साथै, प्रकृतिसॅंग हाम्रो अनन्त सम्बन्ध सुदृढ गर्दै र पर्यावरणको रक्षाको निम्ति हामीलाई प्रेरित गुरून्।










