अल इन्डिया फेडरेशन अफ् द नर्थ इस्ट स्टेट सिविल/एडमिनिस्ट्रेटिभ सर्विस एसोसिएसनको सम्मेलन

IMG_20221029_232351.jpg

गान्तोक: अल इन्डिया फेडरेशन अफ् द नर्थ इस्ट स्टेट सिविल/एडमिनिस्ट्रेटिभ सर्विस एसोसिएसनको सम्मेलन आज टाशीलिङ सचिवालयमा सम्पन्न भयो। सम्मेलनमा पूर्वोत्तर राज्यमा प्रतिनिधिहरू उपस्थित थिए। एसोसिएसनका अध्यक्ष जे. चक्रवर्तीले नागरिक सेवा अधिकारीहरूको भूमिका र जिम्मेवारीमाथि प्रकाश पारे। उनले नागरिक सेवा अधिकारीहरूलाई राज्य प्रशासनिक प्रणालीका आधार बताउॅंदै उनीहरूको नीति निर्धारण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहेको बताए।
यसै गरी, एसोसिएशनका महासचिव एसएस ढिल्लनले सम्मेलनलाई सम्बोधन गर्दै मानिसहरूको फाइदाका लागि कुशल सेवा अनि वितरण संयन्त्र सुनिश्चित गर्न राज्य सरकारहरूले बलियो राज्य प्रशासनिक प्रणाली विकसित गर्नुपर्ने कुरा स्मरण गराए।
सम्मेलनमा एसोसिएशनका गतिविधिहरूमाथि छलफल गरियो। साथै, सम्मेलनमा राज्य आधारित मुद्दाहरूमाथि विस्तारपूर्वक चर्चा गर्न अनि प्रस्तावित विचार-विमर्शहरूको प्रभावशाली कार्यान्वयन सुनिश्चित गर्न कार्य योजना तयार गर्ने निर्णय लिइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement