स्टब्सको स्थानमा ब्रीत्ज्के दक्षिण अफ्रिकी टोलीमा सामेल

IMG-20261015-WA0072

जोहानिसबर्ग: म्याथ्यू ब्रीत्ज्केलाई अष्ट्रेलियाविरुद्ध गकेबरहामा १८ अक्टोबरदेखि शुरु हुने दोस्रो टेस्ट म्याचको निम्ति ट्रिस्टन स्टब्सको स्थानमा दक्षिण अफ्रिकी क्रिकेट टोलीमा सामेल गरिएको छ। क्रिकेट दक्षिण अफ्रिकाले एउटा बयान जारी गरी यसबारे जानकारी दिएको छ। बयानमा भनिएको छ, पहिलो टेस्टको टोलीमा एउटा बद्लाउ गरिएको छ। म्याथ्यू ब्रीत्ज्केलाई ट्रिस्टन स्टब्सको स्थानमा टोलीमा सामेल गरिएको छ। रेयान रिकेल्टनले दोस्रो टेस्ट म्याचमा विकेटकीपिंग गर्नेछन्। दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध सीरीजको पहिलो टेस्ट म्याचमा २१४ रनले हारको सामना गर्नु परेको थियो। पहिलो टेस्ट जित्ने अष्ट्रेलियालाई पनि दोस्रो टेस्ट म्याच अघि ठूलो झट्का लागेको छ। टोलीका अनुभवी अलराउण्डर क्यामरन ग्रीनलाई चोट लागेको छ। यसैकारण उनी दोस्रो टेस्ट म्याचमा अनिश्चित बन्न पुगेका छन्। अष्ट्रेलियाका मुख्य प्रशिक्षक एण्ड्र्यू म्याकडोनाल्डले ग्रीन ब्याटरको रूपमा खेल्न फिट भए पनि जारी सीरीजमा उनले बलिंग गर्ने सम्भावना कम्ती नै रहेको अगावै स्पष्ट गरेका छन्। अब ग्रीन गकेबराह या केप टाउन टेस्ट म्याचको निम्ति उपलब्ध रहे अष्ट्रेलिया समक्ष मध्यक्रमको संयोजन खोज्ने चुनौती हुनेछ। यसको असर ब्यू वेबस्टरमाथि पर्न सक्छ, जसले आफ्नो स्थान बचाउन संघर्ष गर्नु पर्नेछ। उल्लेखनीय छ, अगस्तमा बंग्लादेशविरुद्ध सीरीजमा ग्रीन अष्ट्रेलियाका सबैभन्दा सफल ब्याटर थिए। ग्रीनको चोटले गर्दा अष्ट्रेलियाले डरबन टेस्ट म्याचमा ब्याटिंग अर्डरमा बद्लाउ गर्नु परेको थियो। म्याट रेनशालाई पाँचौं नम्बरमा पठाइएको थियो अनि निक मेडिनसनलाई ट्रेविस हेडको साथमा ओपनिंग गराइएको थियो। रेनशाले यस फसेलालाई सही साबित गर्दै दुईवटा ईनिंग्समा जम्मा २७२ रन बनाएका थिए अनि अन्तिम ईनिंग्समा २ विकेट पनि लिएका थिए।

About Author

Advertisement