महानन्दा नदीको माझमा छठघाटको निर्माण ग्रीन ट्रिब्युनलको नियमविपरीत गरेको महानन्दा बचाओ कमिटीको आरोप

IMG_20221029_214813.jpg

सिलगढी: यसपटक छठ पुजाको लागि महानन्दा नदीको माझमा घाटको निर्माण गरेकोले ग्रीन ट्रिब्युनलको नियमविरुद्ध रहेको महानन्दा बचाओ कमिटीले आरोप लगाएको छ। आज महानन्दा बचाओ कमिटीका महासचिव ज्योत्सना अग्रवालले बताए अनुसार ग्रीन ट्रिब्युनलको नियम अनुसार नदीको माझमा कुनै पनि घाट बनाउन सकिँदैन। घाटको निर्माण केवल नदीको दुवै किनारमा गर्न सकिन्छ तर पनि महानन्दा नदीको माझमा घाट निर्माण गरिएको छ। पुलिस प्रशासनद्वारा यसको जाँच गरिनुपर्ने तिनले बताइन्। मालबजारमा भएको घटना यहाँ नदोहोरियोस् भन्ने विषयमा पुलिस र प्रशासनिक अधिकारीहरूलाई यसबारे सूचित गरिएको तिनले बताइन्। अर्कोतिर, सिलगढी नगरनिगमका मेयर गौतम देवले भने, नदीको माझमा घाटको निर्माण नगरोस् भनेर पुलिसलाई जाँच गर्ने निर्देश दिएको छ। प्रशासनको नियम अनुसार घाटको निर्माण गर्ने साथै राम्रोसित छठपुजा गर्ने डेपुटी मेयर रञ्जन सरकारले सबैसित अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement