दार्जिलिङ: आज स्थानीय गोर्खा दुःख निवारक सम्मेलनमा भाजपा दार्जिलिङ सदर ४ मण्डलको सभा सम्पन्न भयो। सीके शर्माद्वारा सञ्चालित अनि राजु गुरुङको सभापतित्वमा सम्पन्न भएको यस सभामा पार्टीको साङ्गठानिक गतिविधि एवम् भावी कार्यकमहरुबारे चर्चा-परिचर्चाहरु गरिएको थियो। सभामा पार्टीद्वारा दार्जिलिङ सदर ४ मण्डल (समष्टि) कमिटी पनि गठन गरियो, जसमा अध्यक्ष भरत सुब्बा, उपाध्यक्ष अजय शंकर, पवित्र मंगराती, महासचिव महेश छेत्री, सचिव दिपक छेत्री, ज्योति छेत्री, कोषाध्यक्ष राधा लामा लगायत अन्य २१ जना कार्यकारी सदस्यहरुलाई लिएर कमिटी गठन गरिएको छ।

आजको सभामा भाजपा जिल्ला उपाध्यक्ष एलएम लामा, महासचिव सुजेन्द्र राई, जिल्ला सद्स्य सुकवीर तामाङ, पूर्व मण्डल अध्यक्ष सुमन प्रधान आदिको उपस्थिति रहेको थियो।










