गेजिङ। मानेबोङ सोपाखा स्वयं सहायता समुहले प्रथम पर्वतारोही तेञ्जीङ नामग्याल शेर्पाको १०८औं जन्म जयन्ती तेञ्जीङ हिलेरी मेमोरियल पार्कमा भव्य रुपमा मनाएको छ। यस भेगका दसभन्दा बडी स्व्यं सहायता समुहले आयोजना गरेको कार्यक्रममा क्षेत्र प्रभारी पुर्णहाङ सुब्बा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रमको प्रथम चरणमा शेर्पा संस्कृति तथा परम्परागत रूपमा मुख्य अतिथिलाई स्वगत जनायो। स्व तेन्जीङ शेर्पाको १०८औं जन्मजयन्तिको पुनित अवसरमा बहुचर्चित पर्यटक स्थल उत्तरेमा अवस्थित तेन्जीङ नोर्गे शेर्पा र एडम्ण्ड हिलेरी मेमोरियल पार्कमा विविध कार्यक्रम आयोजन गरिएको थियो। स्वयं सहायता समुहद्वारा मनाइएको कार्यक्रममा पारम्परिक शेर्पा नृत्य तथा अन्य कार्यक्रम प्रसुत गरिएको थियो। तेन्जूङ नोर्गे शेर्पाले भारतको नाम रोशन गरेश्वमा शेर्पा समुदायको शिर उच्च राखेको यस्ता महान पुरुषको संधै स्मरण गर्नु पर्छ भन्ने कुरामा समितिले जोर दिएको थियो। हिमाली क्षेत्रको प्रत्येक जात समुदायको गौरव र भारतको सहासी तेन्जीङ शेर्पा देश र राज्यको सम्पत्ति हो, यस ठाउँलाई धरोहरको रुपमा संरक्षण गर्नुपर्ने सुझाव राखेको थियो। उत्तरेको तेन्जीङ हिलेरी पार्क पर्यटकको क्षेत्रमा निक्कै प्रचलित बन्दै गएको छ। यस स्थानमा तेन्जीङको जन्मजयन्तीलाई भव्य रूपमा मनाउने कार्य गरिँदै आएको छ। यस ठाउँमा धेरै जसो पर्यटक ब्यवसायी भारत नेपाल सडक सिमा सुचारु बनेपछि अझै यस स्थानको महत्त्व बड्ने बताएका छन्।