सिक्किममा विशेष आवश्यकता भएका बालबालिकाका लागि समावेशी खेलकुद तालिम आयोजना

FB_IMG_1791825825438

​गान्ताेक: ‘स्पेशल ओलम्पिक्स भारत-सिक्किम च्याप्टर’ को आयोजना तथा शिक्षा विभागअन्तर्गतको समग्र शिक्षा (समावेशी शिक्षा) को सहयोगमा शारीरिक शिक्षक, प्रशिक्षक तथा विशेष शिक्षकहरूका लागि एकदिवसीय तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।​जोरेथाङस्थित ‘पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय’ मा सोमबार आयोजित उक्त तालिम विशेष आवश्यकता भएका बालबालिकाका लागि समावेशी खेलकुद तथा शारीरिक गतिविधि सञ्चालनसम्बन्धी विषयमा केन्द्रित थियो।​बौद्धिक तथा विकासत्मक अपाङ्गता भएका बालबालिका र युवाहरूलाई खेलकुदमार्फत समान अवसर प्रदान गर्दै उनीहरूमा शारीरिक सुगठन, आत्मविश्वास र सामाजिक समावेशीकरण अभिवृद्धि गर्न यो पहल गरिएको हो।​तालिमको उद्घाटन सत्रमा ‘स्पेशल ओलम्पिक्स भारत – सिक्किम च्याप्टर’ का एरिया डाइरेक्टर जी. सी. खनालले स्वागत मन्तव्य राख्दै खेलकुदका माध्यमबाट विशेष बालबालिकाका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै, खेलकुद तथा युवा मामिला विभागका इभेन्ट म्यानेजर एकलभ्य क्षेत्रीले सिक्किममा ‘स्पेशल ओलम्पिक्स’ का गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभयो।​तालिमका क्रममा विभिन्न खेलकुद विधासम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन गरिएका थिए। जसअन्तर्गत:​बोच्चे: शारीरिक शिक्षा प्रशिक्षक चन्द्र माया दास,​फुटबल र एथलेटिक्स: पीएम श्री राङ्पो वरिष्ठ माध्यमिक विद्यालयका शारीरिक शिक्षा शिक्षक महेश पोखरेल,​बैडमिन्टन: एकलभ्य क्षेत्रीले सहजीकरण गर्नुभएको थियो।​नाम्छी, सोरेङ र गेजिङ जिल्लाका शारीरिक शिक्षक तथा विशेष शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र समावेशी शिक्षालाई खेलकुदसँग प्रभावकारी रूपमा जोड्ने विषयमा समेत गहन छलफल भएको थियो।

About Author

Advertisement