खरसाङमा वार्ड स्तरीय आर्ट प्रतियोगिता अनि भाइस चेयरम्यान सुवास प्रधानलाई सम्बर्ध्दना

IMG-20221029-WA0266.jpg

खरसाङ: गैर सरकारी संस्था ए बेटर लाइफ-खरसाङद्वारा खरसाङ नगरपालिकाको वार्ड नम्बर ५ मा रहेको ग्राम सेवा समितिसित मिलेर वार्ड स्तरीय आर्ट प्रतियोगिता सम्पन्न गरेको छ। उक्त कार्यक्रम वार्ड पाँचमा रहेको ग्राम सेवा समितिको सभापति राजेन थापाको अध्यक्षतामा सम्पन्न भएको छ। यसै कार्यक्रममा ए बेटर लाइफ-खरसाङद्वारा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई नानीहरूलाई सामाजिक कार्यमा प्रोत्साहन गरेको साथै हरेक कार्यहरूमा सहयोग गरेकोमा सम्बर्ध्दना पनि जनाइएको छ। यस अवसरमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई खदार्पणसहित सम्बर्ध्दना पत्र र स्मृति चिन्ह प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। वार्ड नम्बर पाँचमा सम्पन्न अार्ट प्रतियोगितामा सबै वार्डका नानीहरूलाई सामेल गरेर प्रतियोगिता आयोजना गरिएको छ। उक्त वार्ड स्तरीय आर्ट प्रतियोगितामा निर्णायकको रुपमा वैष्णवी थापा उपस्थित रहेका थिए। यस कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान सुवास प्रधान, राजेन्द्र प्रसाद थापा, पुरूषोत्तम थापा, दिवस शर्मा, पंकज राई आदि उपस्थित रहेका थिए। यस आर्ट प्रतियोगितामा सिनियरबाट प्रथम प्रज्वल गजमेर, दोस्रो रेवान्त सिंह, तेस्रो स्नेह चर अनि जुनियरबाट प्रथम छयापमु तामाङ, दोस्रो कृति शर्मा र तेस्रो समृध्दि राई आदि भएका छन्।

यस आर्ट प्रतियोगितामा भाग लिने नानीहरूलाई पारितोषिक वितरण पनि गरिएको छ। यस विषयमा ए बेटर लाइफ-खरसाङको तर्फबाट रश्मी सुब्बाले पत्रकारहरूसित कुराकानी गर्दै आज वार्ड नम्बर पाँचमा वार्ड स्तरीय आर्ट प्रतियोगिता आयोजना गरिएको र यसको साथै हाम्रो प्रयासलाई सदैव सहयोग र साथ दिने खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई सम्बर्ध्दना जनाइएको जानकारी गराएकी छन्। उनले आजको कार्यक्रममा उपस्थित अनि विभिन्न क्षेत्रहरूबाट सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement