उत्तर-पूर्वी क्षेत्रको विकासमा सामूहिक प्रयास आवश्यक: मन्त्री सिन्दिया

FB_IMG_1791821077830

​आइजोल: केन्द्रीय उत्तर पूर्वी क्षेत्र विकास तथा सञ्चार मन्त्री ज्योतिरादित्य एम. सिन्दियाले लोक भवनको दरबार हलमा आयोजित एक विशेष समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन्।
​छलफलका क्रममा मन्त्री सिन्दियाले पद्मश्री तथा फ्लोरेन्स नाइटिंगेल पुरस्कार विजेताहरू, वरिष्ठ अधिकारी, लेखक, कलाकार, गैरसरकारी संस्थाका प्रतिनिधि, उद्यमी एवं प्रभावशाली व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गरेका थिए। उक्त अन्तरक्रिया मुख्य गरी उत्तर-पूर्वी क्षेत्रको अथाह सम्भावनालाई उजागर गर्ने र सहभागीहरूको प्रेरक जीवन-यात्रा तथा अनुभवलाई प्रस्तुत गर्ने विषयमा केन्द्रित थियो।

समारोहलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री सिन्दियाले समाज रूपान्तरणमा सहभागीहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। उनले उत्तर-पूर्वी क्षेत्रको सामाजिक तथा आर्थिक समृद्धिलाई अझ सुदृढ र मजबुत बनाउनका लागि नयाँ तथा सहकार्यत्मक विचारहरूसहित अघि बढ्न सबैलाई आह्वानसमेत गरे।

About Author

Advertisement