प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीमाथि जनताले लिनेछ निर्णय: अजय एडवार्डस
दार्जीलिङ: प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको मामला हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले जनताको अधि सोम्पिएको छ।जीटीए सभाको चूनावमा हाम्रो पार्टीले जीटीएको ४५ वटा समष्टिहरूमा नै उम्मेद्वारहरू खडा गरेका थिए अनि चूनावी मैदानमा ओर्लिएका उम्मेद्वारहरूले हाम्रो पार्टीले आफुहरूलाई मतदान गर्ने मतदाताहरूलाई अनि पार्टीलाई धोखा दिने छुइन भन्दै सपथ नामा पत्रमा हस्ताक्षर समेत गरेका थिए। जीटीएको चूनावी जनसभा एंव पथ सभाहरूमा उम्मेद्वारहरूले सपथ नामामा आफुहरूले गरेको वाचाहरू दोहोराउँदै मतदाताहरूप्रति आस्था र भरोसा देखाएका थिए,जसमा जीटीएको ४५ वटा आसनहरू मध्ये हाम्रो पार्टीले आठवटा आसनहरूमा जीत हासिल गरेका थिए। तर घूम जोरबंगला समष्टिको हाम्रो पार्टीको सभासद प्रमोस्कर ब्लोन र पूल विजनबारी समष्टिको सभासद भूपेन्द्र छेत्रीले गुपचूपमा हाम्रो पार्टीको ब्यार्नरमा जीत हासिल गरेर हाम्रो पार्टीकै भित्र भित्रै जरा काटने काम गरेको सुइको पाएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले केन्द्रीय नेतृत्वहरूसंग टेलिफोनिक सम्पर्क गरेर यी दुई सभासदहरूलाई विदा दिएका थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको यस निर्णयमाथि पहाड को राजनैतिक पृष्ठ भूमिमा धेरै प्रश्नहरू तेर्साएता पनि असलमा उनको उक्त निर्णय पार्टी र संगठनको पक्षमा सही निर्णय रहेको थियो भन्ने पार्टी कार्यकर्ताहरूको भनाई छ।पार्टी अध्यक्ष अजय एडवार्डसले एक दिन विलम्ब गरेको भएता पनि यी दुई सभासदहरूको भित्रि चाल खेलले संगठनलाई ठूलो चोट पूग्ने थियो, त्यसकारण तिहारको समयमा केन्द्रीय कमिटिको बैठक बोलाउनु पनि उचित समय नभएको हुनाले केन्द्रीय नेतृत्वहरूसंग टेलिफोनिक सर सल्ला लिएर उक्त कदम उठाएको हो भन्ने पार्टी कार्यकर्ताहरूले बताए।यसै संदर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले स्पष्ट शब्दमा भने जीटीए सभाको चूनाव अवधि हाम्रो पार्टीको सवै उम्मेद्वारहरूले सपथ नामा पत्रमा आफुहरूलाई मतदान गर्ने मतदाताहरू साथै पार्टीलाई धोका दिने छुइन भन्दै सपथ नामा पत्रमा हस्ताक्षर गरेका थियौ। सपथ नामा पत्रमा हस्ताक्षर गरेर आफुलाई मतदान गर्ने मतदाताहरू अनि पार्टीलाई धोका दिनेहरूलाई जनताले के निर्णय लिन्छ त्यो आफुले जनतामाथि नै छोडी दिएको तिनले बताए।आगमी दुई तीन दिनभित्रमा हाम्रो पार्टीले साधारण सभा बोलाउँनेछ अनि उक्त सभामा यी विषयहरू जनता समक्ष राखिनेछ अनि जनताले यस बारे के निर्णय लिनेछ त्यसलाई सर्वमान्य ठानिनेछ साथै यस विषयमाथि उच्च न्यायलयमा जानू की नजानु भन्ने विषयमा पनि जनताले नै निर्णय लिनेछ अध्यक्ष एडवार्डसले भने।









