रुख काट्ने क्रममा एक व्यक्तिको मृत्यु

dead-body-floor-60202053.jpg

गान्तोक: एक व्यक्तिको रूख काट्दा दुर्घटनावश मृत्यु भएको छ। यो घटना सोरेङ जिल्लाको सोमबारिया थाना क्षेत्रको हो।मृतक व्यक्तिको नाम लाल बहादुर लिम्बू हो। मृतकको उमेर ३६ वर्षिय हो।मृतक लोवर ओखरे निवासी थिए।पुलिस रिपोर्ट अनुसार, यो घटना प्यूरेटारमा घटेको हो। घटनाको दिन मृतक आफ्नो एकजना साथीसॅंग उतीसको रूख कटिरहेका थिए। रूख ढल्दा छेवैको अर्को एउटा रूखलाई लाग्यो र त्यसको फेद माथि उचालिएर मृतकमाथि बजारियो। उनको सहयोगीले उनलाई बचाउने प्रयास गरे, तर उनको मृत्यु भइसकेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement