विराटनगर: जैन महिला समूह (भारत–नेपाल) को निरन्तर ९५० वटा भक्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको तथा नवरात्रिको पावन अवसरमा समूहको आयोजनामा ११ दिवसीय विशेष प्रभु भक्तिमय भर्चुअल कार्यक्रम आइतबारदेखि सुरु हुँदैछ। उक्त धार्मिक कार्यक्रम अक्टोबर ११ देखि २१ सम्म सञ्चालन हुनेछ।
यस विशेष भक्तिमय कार्यक्रममा नेपालका विराटनगरलगायत विभिन्न क्षेत्रबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरू भर्चुअल माध्यमबाट सहभागी भई प्रभु भक्तिको आनन्द लिनेछन्। कार्यक्रमलाई लिएर श्रद्धालुहरूमा विशेष उत्साह देखिएको छ।
विराटनगर निवासी किरण डागाले उक्त जानकारी दिँदै कार्यक्रमको शुभारम्भका अवसरमा विशेष आयोजना गरिएको बताउनुभयो। आज राति ८:३० बजेदेखि १०:०० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।
उहाँले यस भक्तिमय कार्यक्रमको उद्देश्य धर्म, आस्था र भक्तिको भावनालाई प्रोत्साहन गर्नुका साथै बढीभन्दा बढी श्रद्धालुहरूलाई प्रभु भक्तिसँग जोड्नु रहेको बताउनुभयो।





