२९ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार तेस्रो क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको म्याचमा अनिकेत स्पोर्टिंग बुङकुलुंगले मिरिक कलेजलाई ३-०-ले पराजित गऱ्यो। अब आइतवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा गोर्खा स्पोर्टिंग क्लब नागरी र सौरेनी एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकहरूले इण्टर स्कूल गर्ल्स फूटबल टुर्नामेण्टको पनि आयोजन गरेको छ। आज भएको म्याचमा पाइनहल एकाडमीले फुवागढ़ी हाई स्कूललाई ३-१-ले पराजित गऱ्यो। आइतवार सौरेनी रविन्द्रनाथ हाई स्कूल र ग्रीन लन स्कूलबीच भिड़न्त हुनेछ।









