नयाँ दिल्ली: पोर्तुगल फूटबल महासंघको अनुशासन विभागले दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोद्वारा सम्भावित नियम उल्लंघनको जाँच शुरु गरेको छ। महासंघले बताएअनुसार, मामिलामा पहिलादेखि नै लागू स्वतः निलम्बनको साथमा रोनाल्डोमाथि अतिरिक्त अस्थायी प्रतिबन्ध पनि लगाइएको छ। मामिलालाई तत्काल प्राथमिकताको आधारमा किनारा लगाउने फसेला लिइएको छ। रोनाल्डोको मुख्य रूपले विवाद पोर्तुगलका नवनियुक्त प्रशिक्षक जर्ज जीसससँग भएको थियो। नर्वेविरुद्ध यूएफा नेशन्स लीगमा पोर्तुगलको २-१-ले जीतको अवधि रोनाल्डोले पूरा समय बेञ्चमा बिताएका थिए अनि उनलाई खेल्ने मौका दिइएको थिएन। स्थानापन्न खेलाड़ीहरूसँग वर्म अप गरे पनि उनलाई म्याचमा खेलाइएन। रोनाल्डोले बताएअनुसार, प्रशिक्षकले उनलाई पहिला लगभग ३० मिनट खेल्ने मौका दिने वचन दिएका थिए। म्याचपछि रोनाल्डोले उनको कुरालाई गम्भीरतापूर्वक नलिइएको अनुभव गरे। यसको साथमा रोनाल्डोले जीससलले प्रेस कन्फ्रेन्समा यस मामिलामा सार्वजनिक रूपले सफाई दिने वाचा गरेका थिए, जसलाई उनले पूरा नगरेको दावी गरेका छन्। त्यस घटनापछि रोनाल्डो र प्रशिक्षक जीससबीचको सम्बन्धमा तिक्तता आएको छ। प्रशिक्षकसँग मतभेदले गर्दा रोनाल्डोले डेनमार्कविरुद्ध नेशन्स लीगको म्याच अघि पोर्तुगलको राष्ट्रिय टोलीको अभ्यास शिविर छोड़ने फसेला गरेका थिए। विवादपछि रोनाल्डोले एउटा विस्तृत सार्वजनिक बयान जारी गरेका छन्। त्यसमा उनले आफ्ना साथीहरू र समर्थकहरूसँग माफी पनि मागेका छन्। रोनाल्डोले लेखेका छन्, अचानक राष्ट्रिय टोलीको शिविर छोड़ने फसेलाको परिणाम के हुन सक्छ भन्ने मलाई थाहा छ। एकजना आदर्श खेलाड़ीको रूपमा उनको व्यवहारलाई कठोरताको साथ आकलन गरियोस् भन्ने पनि मेरो जिम्मेवारी हो। रोनाल्डो आफ्नो व्यवहारको निम्ति हासिल हुने शास्तीलाई स्वीकार गर्न पनि तयार छन् तर उनले प्रशिक्षक जीससको व्यवहारको पनि आलोचना गरेका छन्। पोर्तुगल फूटबल महासंघको अनुशासनात्मक नियमहरूअन्तर्गत रोनाल्डोले एकदेखि ६ महिनासम्मको निलम्बनको सामना गर्नु पर्ने सम्भावना छ। यसको साथमा उनीमाथि जरिमाना पनि लगाइन सक्छ। यसबीच आफ्नो गल्ती स्वीकार गर्ने रोनाल्डोको बयानलाई शास्ती कम्ती गर्ने आधार मान्न सकिन्छ। महासंघले अहिलेसम्म अन्तिम पसेला सुनाएको छैन। पोर्तुगलका कप्तानले कति महिनासम्म राष्ट्रिय टोलीबाट खेल्न सक्नेछैनन् भन्ने जाँच पूरा भएपछि मात्र स्पष्ट हुनेछ।





