२९ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा शनिवार खेलिएको पहिलो राउण्डको अन्तिम म्याचमा बीरपाड़ाले जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा बीरपाड़ाले माल बजार एफसी-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट श्रीकुमार कार्जीले २ गोल गरे। यसबाहेक कुशल खाखा र उत्तम कुजुरले १-१ गोल गरे। यसरी नै माल बजार एफसी-बाट मिहिर मुण्डाले गोल गरे। श्रीकुमार कार्जीलाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवारदेखि क्वार्टर फाइनल राउण्ड शुरु हुनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।









