नौ वर्षको वित्तीय विवरण अनुमोदन
गान्तोक: सिक्किम पर्यटन विकास निगम (एसटीडीसी) को २१औँ बोर्ड बैठक नवनियुक्त तथा पुनर्गठित बोर्ड सदस्यहरूको सहभागितामा गान्तोकस्थित एक होटलमा सम्पन्न भएको छ।
एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइलीको अध्यक्षतामा बसेको उक्त बैठकमा निगमका प्रधान मुख्य कार्यकारी अधिकृत ग्युर्मी योसल, पर्यटन तथा नागरिक उड्डयन विभागकी विशेष सचिव डा. प्रेरणा चामलिङ लगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकले आर्थिक वर्ष २०१७-१८ देखि २०२५-२६ सम्मका नौ आर्थिक वर्षको वित्तीय विवरणमाथि विस्तृत छलफल गर्दै अनुमोदन गरेको छ।

यसैगरी, बैठकमा कैलाश मानसरोवर यात्राको सफल आयोजना लगायत निगमका हालैका गतिविधिहरूको समीक्षा, कर्मचारी दरबन्दी संशोधन, बाँकी बक्यौता असुली तथा अपलेखन (राइट-अफ) र अधिकार प्रत्यायोजनका विषयमा छलफल भएको छ। एसटीडीसीले स्थानीय दर्तावाला ट्राभल एजेन्टहरूसँग साझेदारी गरी व्यावसायिक अवसर अभिवृद्धि गर्ने निर्णयसमेत गरेको छ।





