वृद्ध ठुलो दाजुद्वारा दुर्घटनामा परेर हिँडडुल गर्न नसक्ने दुइ भाइको उपचारको सहयोगको निम्ति अपील

IMG_20221029_173901.jpg

राजगञ्ज: वाहन दुर्घटनामा परेर हिँड्डुल गर्न असक्षम बनेका दुईभाइको उपचारको लागि वृद्ध ठुलो दाजुले सबैसित सहयोगको गुहार लगाएका छन्। लगभग ६ महीनाअघि सिलगढी संलग्न फुलबारी क्यानल रोडमा सड़क दुर्घटनामा परेर फुलबारीको पूर्व धनतला गाउँ निवासी प्रफुल्ल घोष र मनिन्द्र घोष गम्भीर रूपमा घाइते भएका थिए। गाउँलेहरूले बताए अनुसार यी ३ जना दाजु-भाइले धेरै कठिनाईको साथमा दिन बिताइरहेका छन्। ती ३ जना जर्जर अवस्थामा रहेको एउटा सानो घरमा बस्ने गर्दछन्। तिनीहरूलाई दिनमा केवल एक समयको भोजन जुटाउन निक्कै असुविधा हुने गर्दछ भने कुनै कुनै समय तिनीहरू भोकै बसेर जीवन बिताउन बाध्य छन्। छिमेकीहरूले हर सम्भव सहयोग गर्दै आइरहेका छन्। प्रफुल्ल घोष र मनिन्द्र घोषको ठुलो दाजु गौराङ्ग घोषले आफूहरू तीन भाइ एउटा सानो घरमा बस्ने गर्दछौं। स्थानीय मानिसहरूको सहयोगमा कुनै प्रकारको आफूहरूले दिन बिताइरहेका छौं। आफू वृद्ध भएकोले काम गर्न असक्षम छु। केही महिना अघि सड़क दुर्घटनामा परेर दुईजना भाइको खुट्टा भाँच्चिएकोले तिनीहरूले हिँड्डुल गर्न सक्दैनन्। आफूहरूसित खानाको लागि रुपियाँ नरहेकोले यस्तो परिस्थितिमा दुई भाइको उपचार गर्न तिनी असमर्थ छन्। यदि कसैले तिनीहरूलाई सहयोग गरेर दुई भाइको उपचारको व्यवस्था गर्न चाहेको खण्डमा ८६३७८-१९४५३ नम्बरमा सम्पर्क गर्ने तिनले अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement