मिरिक: एसएसबी आठाै वाहिनी खाेप्रेलले शनिबार मिरिक झील परिसरमा पुलिस स्मरण दिवस पालन गर्याे। दीप प्रज्वलन अनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेपछि शुरू भएकाे कार्यक्रममा मिरिक महकुमाका डिएमडिसी मृदुल श्रीमणी,मिरिक महकुमाका एसडीपीओ रूद्धनारयण साव,मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती,ऐसिस्टेन्ट कमान्डेन्ट सन्ताेष बुद्धे लगायत एसएसबीका अधिकारीहरू उपस्थित थिए। कार्यक्रममा एसएसबी जाज ब्याण्डका जवानहरूले देशभक्ति गीत अनि धूनहरू प्रस्तुत गरे। एसएसबीका डेप्टी कमान्डेन राजू यादवले २१ अक्टोबर पुलिस सहिद दिवस पालन गर्ने गरिन्छ भन्दै १९५९मा सीआरपीएफका २० जवानले लद्धाखमा दैनिक अनुगमन गर्दै गर्दा चाइनाले एक तर्फी आक्रमण गरेकाे थियाे जसमा १० सीआरपीएफका जवान सहिद बनेका थिए। यहीदेखि शहीद दिवस पालन गरिने गरेकाे जानकारी गराँउदै एसएसबीले साताब्यापी शहीद दिवस अथवा पुलिस स्मृति दिवस पालन गरिरहेकाे बताए। तिनले देशकाे सेवामा पुलिस अनि सस्त्र वाहिनीहरू जसले वलिदान दिए उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्न पनि याे कार्यक्रम गरिएकाे बताए।तिनले देशकाे सुरक्षामा गाेर्खाहरूकाे याेगदान ठूलाे रहेकाे बताँउदै गाेर्खाहरूले देशकाेलागि प्राणकाे आहुति समेत दिएर वीर गति प्राप्त गरेकाे बताए।तिनले गाेर्खाहरूकाे याेगदानकाे कदर भारत सरकारले पनि गरिरहेकाे बताए। कार्यक्रमकाे संचालन एसआई पंकज कुमारले गरेका थिए।










