शिमला: हिमाचल प्रदेशमा विधानसभा चुनावको शंखघोष भइसकेको छ। यसपटक भाजपा सत्ता परिवर्तनको चलन बदल्न निस्किएको छ भने कांग्रेसले सत्तामा फर्कन सक्दो प्रयास गरिरहेको छ। यसैबीच, हिमाचलको मण्डी जिल्लाकी बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो राजनीतिमा प्रवेशको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपालाई आफ्नो मनको कुरा सुनाइन्। एक निजी च्यानलसँगको कुराकानीमा कंगना रनौतले भनिन्, ‘हिमाचलका जनताले सेवा गर्ने मौका दिनु मेरो सौभाग्य हुनेछl’ कंगनाले शब्दमा राजनीतिमा प्रवेश गर्ने इच्छा व्यक्त गरेकी छिन्।
उता कंगनाले राजयोग कुनै खुशीको कुरा नभएको बताइन्। ‘यदि, राजनीतिमा आउनु हो भने आफ्नो महत्वाकांक्षा त्याग गर्नुपर्छ। पछि मौका पाए जनताको सेवा अवश्य गर्नेछु’, उनले भनिन्। कंगनाले सार्वजनिक हितका लागि योगदान दिन तयार रहेको बताइन्। तर, कंगनाले यो पनि भनिन्, ‘अहिले म आफ्नो काममा निक्कै व्यस्त छु र म खुशी पनि छु। यदि हिमाचलका जनता चाहन्छन् भने अवश्य राजनीतिमा आएर सेवा गर्नेछन्l’ यसै क्रममा कंगनाले आफ्नो परिवार राजनीतिसँग जोडिएको बताइन्। उनले भनिन्, ‘मेरो बाबु प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी मन पराउनुहुन्छ। मोदीजी हरेक वर्गको कुरा गर्छन्। मोदीजी प्रधानमन्त्री भएपछि देशमा नयाँ चेतना फैलिएको छl’ यसै क्रममा कंगनाले अरविन्द केजरीवाल र राहुल गान्धीको बारेमा राय दिएकी थिइन्। उनले भनिन्, ‘हिमाचलका जनता अरविन्द केजरीवालको छेउमा कहिल्यै आउने छैनन्, किनकि हामी आफ्नै बिजुली उत्पादन गर्छौं। यहाँका महिलाहरु आफैं सब्जी खेती गर्छन्। हामी सित्तैमा केहि चाहँदैनौंl’ अर्कोतर्फ, राहुल गान्धीलाई लिएर उनले भने भनिन्, ‘राहुलजीका लागि दुःखको कुरा हो कि उनका प्रतिद्वन्द्वी नरेन्द्र मोदी हुन्l’ कंगना रनौत कांग्रेस पृष्ठभूमि भएको परिवारसँग सम्बन्धित छिन्। उनका हजुरबा सरजु सिंह रनौत स्वतन्त्रता सेनानी थिए। उनी कांग्रेसबाट तीन पटक विधायक पनि भइसकेका छन्। तर, कंगनाले सन् २०१४ देखि आफ्नो परिवार आधिकारिक रूपमा भाजपामा परिणत भएको स्वीकार गरेकी छिन्।











