सिलगढी: नक्सलबारीको बरो मोनिराम जोत क्षेत्रमा एसएसबीको आठ नम्बर बटालियनका जवानहरूले ६ गाई र दुई पिकअप भ्यानसहित एक युवकलाई पक्राउ गरेका छन्। एसएसबीका जवानले गएराति सीमा गस्तीका क्रममा नेपाल–भारत सीमामा ६ गाई र दुईवटा पिकअप भ्यानसहित एक युवकलाई पक्राउ गरी नक्सलबारी प्रहरीको जिम्मा लगाएका छन्। पक्राउ परेका युवकलाई शनिबार सिलगढी विभागीय अदालतमा पेश गरिएको थियो। पक्राउ परेका युवा बंटी हेम्ब्रम (३१) नक्सलबारीका हुन्। यो पूरै घटनामा अरु को–को संलग्न छ भन्ने विषयमा नक्सलबारी प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ। यसअघि पनि प्रहरीले घोषपुकुर क्षेत्रबाट गाई तस्करीमा संलग्न धेरै गाई बरामद गरेको थियो।











