२ नोभेम्बरमा चुनाव आयोगले बलायो सर्वदलीय बैठक

ECI

कोलकाता: चुनाव आयोगले २ नोभेम्बरमा सर्वदलीय बैठक बोलाएको छ। स्रोतबाट प्राप्त जानकारी अनुसार २०२३ को मस्यौदा मतदाता तालिका ९ नोभेम्बरमा सार्वजनिक हुँदैछ। स्रोतका अनुसार यस विषयमा छलफल गर्न बैठक बोलाइएको हुनसक्छ। ८ दिसम्बरसम्म संशोधन गर्न सकिने र अन्तिम नामावली ५ जनवरीमा आउनेछ। उल्लेखनीय छ, राज्यमा अर्को वर्ष पञ्चायतको चुनाव हुन लागेको छ। चुनाव आयोगले पनि तयारी शुरु गरेको छ। यस्तो अवस्थामा परिमार्जित मतदाता तालिकाका आधारमा मात्रै अर्को वर्ष पञ्चायतको चुनाव हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement