सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको २५ वर्ष पूरा भएको र देशका लागि उहाँले पुर्याउनुभएको योगदानलाई उजागर गर्ने उद्देश्यले भारतीय जनता पार्टी (बिजेपी) ले बुधबार सिलिगुडीमा ‘सेवा ज्योति यात्रा’ को आयोजना गरेको छ।
उक्त र्यालीलाई बाघाजतिन पार्कबाट औपचारिक रूपमा
बुधवार राज्यका पर्यटन मन्त्री र सिलगढीका विधायक डा. शङ्कर घोषले
शुभारम्भ गरे भने रवीन्द्र मञ्चमा पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरियाे।
पर्यटन मन्त्री डा. शङ्कर घोषले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीको २५ वर्षको सार्वजनिक सेवा र जनकल्याणमा उनको योगदानको जानकारी अधिकभन्दा अधिक मानिसहरूसम्म पुऱ्याउनु नै यस भ्रमणको मुख्य उद्देश्य हो।”
उक्त यात्रा सिलगढीका विभिन्न सडक तथा मुख्य क्षेत्रहरू भएर अघि बढ्नेछ।
बिजेपीका अनुसार यस यात्राको उद्देश्य प्रधानमन्त्री मोदीका जनकल्याणकारी पहलहरू, जनताप्रतिको उहाँको सेवा र देशको विकासमा उहाँले पुर्याउनुभएको योगदानलाई सर्वसाधारणमाझ पुर्याउनु रहेको छ।
कार्यक्रममा बिजेपीका विभिन्न तहका नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।
मोदीको २५ वर्षको सार्वजनिक सेवा र जनकल्याणका कामहरूको सन्देश धेरैभन्दा धेरै जनतासम्म पुर्याउने लक्ष्यका साथ यो यात्रा आयोजना गरिएको बिजेपीले जनाएको छ।





