पञ्चायत प्रधानद्वारा फुलबारी पश्चिम धनतलाको महानन्दा नदीमा छठघाट तयारी कार्यको निरीक्षण

IMG_20221029_144037.png

राजगञ्ज: आइतबार छठ पुजा हो। छठ पुजामा छठव्रतीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर फुलबारी २ ग्राम पञ्चायत कर्तृपक्ष तत्पर रहेको छ।ग्राम पञ्चायतको तर्फबाट छठघाटको तयारी, घाटमा बिजुली बत्तीको व्यवस्था लगायत छठघाट जाने बाटो तयार गरिरहेका छ। राजगञ्जको फुलबारी २ ग्राम पञ्चायतको महानन्दा नदीको केही घाटहरूमा प्रत्येक वर्ष छठपुजा गर्ने गरिन्छ भने यस वर्ष पनि ती घाटहरू पुजा गरिनेछ। यसैको लागि ग्रामपञ्चायतको तर्फबाट सबै प्रकारको व्यवस्था गरिदिएको छ ।ग्राम पञ्चायत प्रधान दिलीप रायले आज पश्चिम धनतलाको महानन्दा नदीमा छठघाटको तयारीको कार्यको निरीक्षण गरे। यस अवसरमा तिनले भने, पश्चिम धनतलाको महानन्दा नदीमा लगभग २०० जना छठव्रतीहरूले पुजा गर्ने गर्दछ। छठव्रतीहरूलाई छठघाटमा पुग्न कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर उचित व्यवस्था गरिएको साथै पञ्चायतको तर्फबाट प्रत्येक छठघाटमा ४ जना गरेर स्वयम्सेवकहरू राखिने व्यवस्था गरिएको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement