खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा नेतृत्वको २५ वर्ष पुगेको अवसरमा आयोजना भईरहेको सेवा संकल्प अभियान अन्तर्गत भारतीय जनता पार्टीको माईनोरिटी मोर्चाको तर्फबाट खरसाङ महकुमा अस्पतालमा उपचाराधीन अवस्थामा रहेका बिमारीहरुलाई फल फूल वितरण गरिएको छ। यस अवसरमा बिमारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै माइनोरिटी मोर्चाले सेवा नै संगठनको मूल मन्त्र रहेको बताउँदै बिमारीहरुलाई फल फूल वितरण गरिएको छ। यस कार्यमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला कमिटीका अध्यक्ष फजल मिया, जिल्ला कमिटीका सचिव विकास प्रधान, खरसाङ मण्डल ११ र १२ का प्रतिनिधिहरु उपस्थित रहेका थिए।

यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय जनता पार्टी माइनोरिटी मोर्चाको दार्जिलिङ जिल्ला अध्यक्ष फजल मियाले विस्तृत रुपमा जानकारी गराएका छन्।





